देशका ७५ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा

काठमाडौं– कोभिड-१९ नियन्त्रण तथा रोकथामका जारी निषेधाज्ञा अहिले पनि ७५ जिल्लामा जारी छ।

विभिन्न जिल्लागत रुपमा वैशाख १३ देखि जारी थालेको निषेधाज्ञा कोरोना संक्रमण र मृत्युदरमा कमी आएसँगै खोटाङ र मनाङबाहेक अन्य जिल्लामा जारी रहेको गृहमन्त्रालयले जनाएको छ।

हाल ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा जारी रहेको मन्त्रालयको भनाइ छ।

मुस्ताङ र ताप्लेजुङमा भने आंशिक निषेधाज्ञा जारी रहेको छ। मुस्ताङको थासाङ, घरझोङ र बारागुङ मुक्तिक्षेत्रमा मात्रै निषेधाज्ञा जारी भएको छ ।

ताप्लेजुङको ताप्लेजुङ फङलिङ नागरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने र फत्ङलुङ गाउँपालिका-३ को लिङखिम बारी, फरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथिभरा याङबरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खाेलाको चार किल्लासम्म निषेधाज्ञा जारी रहेको छ।(स्वास्थ्य खबर)

Translate »