वर्षामा जथाभावी सडक खने कारबाही

असार १, काठमाडौं ।
वर्षाका बेला जथाभावी सडक खन्न प्रतिबन्ध लगाइने भएको छ । वर्षामा सडक खन्ने प्रवृत्ति बढेसँगै असार १ बाट उक्त कार्य गर्न रोक लगाइने भएको हो । सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक खन्न रोक लगाएको हो । नियम नमानेको पाइए कारबाही गर्ने सूचनामा उल्लेख छ ।

वर्षायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने जनाइएको छ । यस्तो अवस्थामा सडक थप बिग्रँदै जाने भएकाले असारदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गत सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने सूचनामा भनिएको छ । कसैले जबर्जस्ती खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ ।

Translate »