आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बालश्रम अन्त्यका लागि महिला बालबालिका तथा  समाजकल्याण मन्त्रालयमार्फत् देशभरका स्थानीय तहले यो दिवसमा भर्चुअल माध्यमबाट विविध कार्यक्रम गरी मनाउँदै छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरिएको दिनको अवसरमा हरेक वर्ष जुन १२ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सरकारी निकाय तथा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुले दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

१४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र १६ वर्ष नपुगेकालाई निकृष्ट खाले बालश्रम तथा जोखिमयुक्त काममा लगाउन नपाउने कानूनी व्यवस्था छ । नेपालमा ६ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण जीवन बाँचिरहेको सरकारी तथ्यांक छ ।(रेडियो नेपाल)

Translate »