प्रदेश आयुर्वेद सुर्खेतका डाक्टरमाथि हातपात गर्नेलाई कार्वाहीको माग

दोषी उपर कार्वाही नभए चरणबद्ध आन्दोलन गर्ने स्वास्थ्यकर्मीको धम्की

स्काई न्यूज /जेठ २८, सुर्खेत ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका डाक्टरमाथि हातपात भएको घटनाप्रति सुर्खेतका विभिन्न निजामति कर्मचारीसँगै स्वास्थ्य संघसंगठनहरुले दोषीलाई कडा कार्वाहीको माग राखेका छन् । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, मेडिकल ल्याव्रेटरी एशोसियशन अफ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्य कर्मी संघ नेपाल, निजामति कर्मचारी संगठन आधिकारिक टे«ड यूनियन, नेपाल निजामती कर्मचारी यूनियन संघलगायतले आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै प्रदेश आयुर्वेद औषधालयका डाक्टर र बैद्यमाथि गरिएको हातपात सुनियोजित भएकाले सत्यतथ्य छानविन गरि दोषी माथि कडा कार्वाहीको माग राखेका हुन् ।

कोरोना आईसोलेशनको डियूटी सकेर बिहीबार साँझ ६ बजेतिर घर फर्किने क्रममाा अपरिचित युवाहरुको समूहले प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाल, डाक्टर यादवप्रसाद उपाध्याय र बैद्य लोकप्रसाद रेग्मीमाथि आक्रमण भएको थियो । औषधालयका डाक्टरहरुमाथि आक्रमण भएको सूचना पाएलगतै सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरि आवश्यक कार्वाही प्रक्रिया शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनले सत्यतथ्य छानविन गरि घटनामा संलग्न अन्य दोषीलाई समेत प्रहरीले खोजतलास गरिरहेकाले छिट्टै कानून अनुसार कार्वाही हुनेमा विश्वस्त रहन विभिन्न निजामति कर्मचारीसँगै स्वास्थ्य संघसंगठनहरुलाई आग्रह गरे ।

यता स्वास्थ्यकर्मी संघसगठनहरुले कोरोना महामारीबाट उत्पन्न प्रतिकुल अवस्थामा समेत स्वास्थ्कर्मी माथि हुने सुनियोजित आक्रमणलाई प्रशासनले रोक्न नसके चरणबद्ध आन्दोलनसँगै काम नगर्ने धम्की दिएका छन् । स्वास्थ्यकर्मीले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ को पहिलो संसोधन अध्यादेश २०७८ को दफा ३ (ग) बमोजिम कार्वाही गर्न माग गरेका छन् । उक्त ऐन अनुसार स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालबन्दी वा उपचारको क्रममा बाधा पारेमा पुर्पक्षको लागि थुनामा राखि ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।

Translate »