बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नवीन गिरी/ नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा २ जना र नेपालगन्ज मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङका २ जना र बाँकेका १ जना छन् ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत खजुरा ३ बाँकेका ८० वर्षीय पुरुष र राजपुर १ दाङका ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत घोराही ७ दाङकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३०६ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३० जनाको मृत्यु भएको छ ।

Translate »