जवरजस्ती करणी उद्योगका फरार अपराधी कालुङ पक्राउ

स्काई न्यूज /जेठ २७, सुर्खेत ।
सुर्खेत प्रहरीले जवरजस्ती करणीको फरार अपराधीलाई पक्राउ गरेको छ । उच्च अदालत सुर्खेतले जवरजस्ती करणी उद्योग तथा चोरी मुद्धामा ९ बर्ष ३ महिना कैदसँगै २५ सय रुपैयाँ जरिवाना तोकेको फरार अपराधी कवि कालुङलाई प्रहरीले बुधबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

अदालतले गत फागुन २ गते पक्राउ आदेश गरेपछि जवरजस्ती करणी उद्योगका फरार अपराधी कालुङलाई प्रहरीको विशेष टोली पक्राउ गर्न सफल भएको छ । सुर्खेतको वीरेन्द्रनगर–७, निवासी कालुङलाई प्रहरीले पक्राउ गरि कोरोना पीसीआर परीक्षण गराएर अदालतमा पेश गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

Translate »