पिडित बालिकालाई आवाजको सहयोग : न्याय दिलाउन ओकिल उपलब्ध गराउने !

२७ जेठ, बाँके । बर्दिया जिल्लामा एक १४ वर्षिय बालिकालाई ७ महिना अगाडी बलात्कार गरेको र ७ महिनाको गर्भबोकाएको आरोपमा फरार रहेका उनकै फुपूको छोरा वडा नम्बर २ मा बस्ने १८ वर्षिय मेराज गुजर जिल्ला प्रहरी कार्यालय बर्दियामा अनन्त हाजिर भएका छन ।

पिडितलाई उक्त मुद्दा लडन आवाज संस्थाले सहयोग गर्ने भएको छ । पिडितलाई न्याय दिलाउन ‘आवाज’ संस्थाको साथ रहेको छ । केन्द्रिय कार्यालय सुर्खेतमा स्थापित रहेको ‘आवाज’ को शाखा ‘आवाज बर्दिया बढैयाताल’ले १४ वर्षिय बालिकाका परिवारलाई हौसला प्रदान गर्दै मुद्दा लड्न ओकिल आफुतिरबाट व्यवस्था गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

बालिकाको स्वास्थ्यको ख्याल गर्दै आवाजले उनलाई आवश्यक पर्ने लुगा-कपडा, फलफुल, स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आवाजको साखा ‘आवाज बर्दिया बढैयाताल’का संयोजक धर्मराज थारु र कार्यरत सुकुमायाले पिडितको परिवारलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन ।

यस अघि पिडकको परिवारले युवकलाई हाजुर गराउन दैनिक एक नयाँ बहाना रच्दै आएका थिए । तर नील खबरले उक्त दबाईएको घटनाको फान्डाफोर गरे पछि चौतर्फी दबाबका कारण बर्दिया प्रहरी सक्रिय भएको र कडा एक्सनमा आएर उक्त पिडक परिवारलाई युवकलाई हाजिर गराउन बाध्य बनाएको थियो । सोही अनुरुप अहिले पिडक प्रहरीको नियन्त्रणमा छन ।

१७-१८ वर्षिय गुजर माथि पिडक तर्फबाट मुद्दा दर्ता लगत्तै परिवारले प्रहरीको नजरबाट लुकाएको थियो । युवकका परिवारले उनी कहाँ रहेको केही थाहा नभएको बताउदै आएका थिए ।

यता गाउँका सदस्यहरुका अनुसार छारा सम्पर्क नभए पनि उनका घरका कोहि सदस्यले केही चिन्ता नै नमानेर हातमा हात राखेर बसेका थिए ।

पिडित अनुसार १७-१८ वर्षिय गुजर आफ्नो परिवारको सम्पर्कमा नभएको भए यस्तो सानो उमेरका कोहि पनि परिवार, सहयोगी, आफन्तहरुको सहयोग बिना महिना दिन भागेर बाहिर बस्न सक्दैन ।(नील खबर)

Translate »