कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु

५१५३ जना संक्रमित थपिए

जेठ २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ०९८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ८७० जना र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । यसैगरी मंगलवार ६ हजार ५७० जना निको भएसँगै हालसम्म ५ लाख ४ हजार ५३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Translate »