फेरि बढ्यो पेट्रोल–डिजेलको भाउ

स्काई न्यूज/ जेठ २२, सुर्खेत ।
नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा हालको मूल्यमा दुई रुपैयाँका दरले वृद्धि गरिएको हो ।

वृद्धि गरिएको मूल्य अनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ । यसअघि निषेधाज्ञाकै समयमा निगमले इन्धनको मूल्य वद्धि गरेको थियो । यसअघि पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर रहेको थियो ।

Translate »