कर्णाली प्रदेश सरकारमा काँग्रेसबाट दुई जनाको नाम सिफारिस

सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ

स्काई न्यूज /जेठ २०, सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएको कांग्रेसले सामाजिक विकास मन्त्रीमा बुढाक्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा श्रेष्ठलाई पठाउने निर्णय गरेको बताएको छ ।

‘आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउन पनि सरकारमा सहभागी हुनुपर्ने स्थिति आयो,’ ‘संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘कांग्रेसको भागमा परेका दुई मन्त्रालयका लागि नाम सिफारिस गरेका छौं, शुक्रबार सपथ हुन्छ ।’ कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् । ४० सदस्यीय प्रदेशसभामा हाल ३५ सांसद छन् । ती मध्ये एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

Translate »