सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिवद्ध : अर्थ मन्त्रालय

जेठ १९, काठमाडौं । अर्थ  मन्त्रालयले आव २०७८/  ७९को सार्वजनिक बजेट बक्तव्यमा व्यापार घाटा न्यूनीकरण गर्ने नाममा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने विषयमा सार्वजनिक भएका विचारहरुप्रति ध्यानाकर्षण भएको बताएको छ ।

अर्थ मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सरकार चुरे  क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिवद्ध भएको उल्लेख गर्दै चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव हुन नदिन सचेत रहेको बताएको छ ।

विज्ञप्तिमा खानी तथा भूगर्भविभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वमोजिम चुरे, शिवालिक, भावर र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको भन्दै उपरोक्त सामग्रीको दोहन गर्न नदिने नीतिगत मूल मर्म हो भनिएको छ ।

चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको पनि अर्थ मन्त्रालयको भनाइ छ ।

मन्त्रालये सरकारी निकाय, विषय विज्ञ र सरोकारवाला बीच छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कानूनी प्रवन्ध मिलाउने र वातावरण तथा जनजीविकामा प्रतिकुल असर नपर्ने व्यवस्था मिलाउन प्रतिवद्ध रहेको पनि बताएको छ ।

Translate »