कोरोना संक्रमितको उपचारका लागि कर्णालीका ईन्जिनियरहरुको सहयोग


स्काई न्यूज /जेठ १६, सुर्खेत ।
कर्णालीका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत १८ जना ईन्जिनियरहरुले कोरोना रोकथाम, नियन्त्रणका लागि प्रदेश आयुर्वेद औषधालय सुर्खेतलाई एक लाख २० हजार रुपैयाँको औषधिजन्य सामाग्रीसँगै नगद सहयोग गरेका छन् । आईतबार ती ईन्जिनियरहरुले प्रदेश आयुर्वेद औषधालयको कोरोना आइसोलेसनमा उपचाररत बिरामीका लागि सहयोग पुगोस् भन्ने उद्दे्रश्यले औषधिजन्य सामाग्रीसँगै नगद सहयोग गरेका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई पीपी सेट, अक्सिजनमिटर, बेडसिट, स्यानिटाईजर, ग्लोब्र्स, हाण्डवास टंकी, बाल्टिनलगसँगै अमृत भोजनका लागि २५ हजार नगद सहयोग गरिएको ईन्जिनियर नरेश खड्काले बताए । उनले विपद्को घडीमा कोरोनाबाट प्रताडित भएर आईसोलेशनमा उपचाररत बिरामीलाई आउँदा दिनहरुमा समेत सहयोग गरिने प्रतिवद्धता जनाए ।

ईन्जिनियर्स एशोसियशन कर्णाली प्रदेशका सदस्य ईन्जिनियर टिकाराम पोखरेलले कोरोना महामारीका बेला ठूलो सहयोग गर्न नसकिए पनि सामथ्र्यले भ्याएसम्म कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि सानो सहयोग गरिएको बताए । सहयोग सामाग्री ग्रहण गर्दै प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारमा सहयोग गर्ने मनकारीहरुलाई धन्यवाद व्यक्त गरे । त्यस्तै औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले महामारीका बेला कर्णालीका ईन्जिनियरहरुले आफ्नो मानो कटाएर कोरोना संक्रमितको उपचारका लागि गरेको सहयोग उदाहरणिय कार्य भएको बताए ।

 

Translate »