भेरी अस्पतालमा २५ जना प्रहरी खटाइयो

नवीन गिरी / नेपालगन्ज । भेरी अस्पतालमा प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना प्रहरी खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट अस्पतालमै बस्ने गरी प्रहरी नायव निरिक्षक तोजेन्द्र विसीको कमाण्डमा दुई जना प्रहरी सहायक निरिक्षकससँगै २५ जना प्रहरी खटाइएको हो ।

विहिवार राति अस्पतालको कोभिड आइसोलेसन वार्डमा कोभिडबाट मृत्यु भएका मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि आक्रमण गरेपछि अस्पतालले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गरेको थियो ।

त्यस घटनामा स्वास्थ्यकर्मीकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए ।

Translate »