सुर्खेतमा थप दश दिन लम्बियो निषेधाज्ञा

स्काई न्यूज/ जेठ १४, सुर्खेत ।
सुर्खेतमा गत बैशाख १४ गतेदेखि जारी रहेको निषेधाज्ञा दश दिन थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । यो सँगै शुक्रबार (आज) सुर्खेत जिल्लामा निषेधाज्ञाको जारी भएको एक महिना पुरा भएको छ ।

 

केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा कोभिड–१९ को महामारी अझै पनि यथावत् रहेको तथा समुदाय स्तरमा थप फैलिन सक्ने भन्दै बन्दाबन्दी जारी राख्ने निर्णय गरेको हो । प्रजिअ रिजालले संक्रमित नघट्दासम्म निषेधाज्ञा आदेश थप्नु नै उत्तम रहेको बैठकले निष्कर्ष निकालेको बताए । उनका अनुसार खाद्यान्नका पसल समेत बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खोल्न अनुमति दिईएको छ । जिल्लामा हाल झण्डै तीन हजार सक्रिय संक्रमित रहेका छन् । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गरेको छ ।

Translate »