स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मी आक्रमण भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै भन्नुभएको छ, “आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।” (रेडियो नेपाल)

Translate »