रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।

शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।
तर, कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएकाले शोको प्रशारण सुरु गर्न लागिएको वुझिएको छ । यो शोका निर्देशक लक्ष्मण पौडेलले आउँदो साताबाट शोको प्रशारण आरम्भ हुने जानकारी दिएका छन् ।

दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ । हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो । तर, २ साता अगाडि कोरोनाको जोखिम बढेपछि शोको प्रशारण रोकिएको थियो । शोको ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ । आउँदो साताका लागि प्रशारण हुने भागको छायांकन भैसकेको वुझिएको छ ।(अनलाइन खबर)

 

Translate »