जाजरकोटका पूर्वसांसद रत्नप्रसाद शर्माको निधन

काठमाडौं– नेकपा एमालेका नेता तथा जाजरकोटका पूर्वसांसद रत्नप्रसाद शर्माको निधन भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण निधन भएको हो ।

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले लामो समयसम्म जाजरकोटमा एमाले पार्टीको नेतृत्व गरेका थिए ।

Translate »