बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज ।  बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ३ जना, बर्दियाका २ जना तथा दाङ, कैलाली र कञ्चनपुरका १र१ जना छन् ।

जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत जानकी ९ कैलालीकी ७४ वर्षीया महिला, बाँसगढी ५ बर्दियाकी ७५ वर्षीया महिला, नेपालगन्ज २० बाँकेकी ५५ वर्षीया महिला, गुलरिया ५ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज १८ की ७३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज २० बाँकेका ५७ वर्षीय पुरुष, पुनर्वास ६ कञ्चनपुरकी ४७ वर्षीया महिला र घोराही ३ दाङकी ५६ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट बाँकेका २ सय ८५ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २ सय ६४ जनाको मृत्यु भएको छ ।

Translate »