कोहलपुरमा बाबुले आफ्नै छोराको हत्या गरे


स्काई न्यूज /जेठ १२, कोहलपुर ।
आफ्नै बुबाले छोराको हत्या गरे भन्दा धेरै पत्यार नलाग्न सक्छ । तर, यो सत्य घटना बुधबार साँझ बाँकेको कोहलपुरमा घटेको हो । कोहलपुर–१२, चौप्परगौंडीमा आफ्नै बाबुले घरयासी विवादका कारणले घरेलु हतियार (आँसी) प्रहार गरी करिब २० वर्षिय छोरा पोषण ओलीको हत्या गरेका छन् । आँसी प्रहारबाट गम्भीर घाईते भएका छोरा पोषणलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार घरकै वाथरुपमा नुहाउने क्रममा बुबाले घरेलु हतियार आँसीले पछाडिबाट छोराको घाँटीमा हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा ५० वर्षिय ठाकुरीप्रसाद ओलीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाईएको कोहलपुर ईप्रकाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए । उनले हत्याको कारण बारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जनाए ।

 

Translate »