सुर्खेतका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना अन्तर्गत सुर्खेतका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले जिल्लाको भेरीगंगा नगरपालिकाको कोभिड अस्पताल र वराहताल गाउँपालिका केन्द्रको आइसोलेसनका लागि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्री प्रदान गरेको परियोजनाका संयोजक अनिल महर्जनले बताए ।

संस्थाले सहयोग गरेका सामग्रीहरूमा अक्सिमिटर २५ ओटा, थर्मोमिटर २५ ओटा, व्यक्तिगत सुरक्षा पहिरन २५ थान, निर्मलीकरण स्प्रे २५ ओटा, सर्जिकल मास्क २५ बक्स, सर्जिकल ग्लब्स २५ बक्स, सेनिटाइजर ५ लिटरका १५ बोतल, फेसवास २५ ओटा र बाल्टिन २५ ओटा रहेका छन् । उक्त सामग्री संस्थाको तर्फबाट परियोजना कर्मचारीले स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिलाई हस्तान्तरण गरेकोे महर्जनले बताए ।

 

Translate »