प्युठानमा तीन जना मृत फेला

काठमाडौं : प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन्।

प्यूठान नगरपालिका-१ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। मृत फेला परेकामाआमा २७ वर्षीया गायत्री सुनार, ६ वर्षीया छोरी प्रकृति सुनार र डेढ वर्षीय छोरा सुशान्त सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जनाकारी दिए।

उनीहरु प्यूठान नगरपालिका २ का बासिन्दा हुन्। प्रहरी अहिले घटनास्थलमा रहेको र मुचुल्का उठाउन काम भइरहेको गैरेले  बताए।

 

Translate »