थुनुवा बोकेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते

रोल्पा। रोल्पाको भदौरेमा थुनुवा बोकेको गाडी दुर्घटना हुँदा चार जना प्रहरीसहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको लिवाङबाट जबरजस्ती करणी मुद्दाका एक जना १६ वर्षको थुनुवा लिएर बाल सुधार गृह नेपालगञ्जमा लैजाने क्रममा लु १ झ ५७० नम्बरको गाडी बिहान ११ः०० बजेतिर लिवाङ नजिकै भदौरे मन्दिर भन्ने ठाउँमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । दुर्घटनामा परी चार जना प्रहरी र एक जना थुनुवा गरी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइते पाँचै जनाको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको र ब्रेक फेल हुँदा गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए । (रेडियो नेपाल)

Translate »