१४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्नुहुने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी तथा जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह तथा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्नुहुने भएको छ ।

आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले राष्ट्रपतिबाट आह्वान भएको समय सीमा भित्रै प्रधानमन्त्रीको दाबी गर्ने निर्णय गरेको हो । काँग्रेस सभापति देउवाको पक्षमा जनता समाजवादी पार्टीका १३ जना र नेकपा एमालेका २७ जनासहित १ सय ४९ जना सांसदले हस्ताक्षर गरेको नेपाली काँग्रेसका नेता गगन थापाले जानकारी दिनुभयो ।

Translate »