सामाजिक सञ्जालमार्फत रकम सङ्कलन नगर्न/नगराउन आग्रह

 

स्काई न्यूज/ जेठ ६, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सामाजिक सञ्जालमार्फत रकम सङ्कलन भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस संक्रमण फैलिरहेको समयमा सहयोगका नाममा सामाजिक सञ्जालमार्फत रकम असुली भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । प्रशासनले अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोसिलो खाने कुरा वितरण गर्ने, वा एम्बुलेन्स उपलब्ध गराउने लगायतका विभिन्न नाममा जिल्लामा सामाजिक सञ्जालमार्फत रकम सङ्कलन नगर्न आग्रह गरेको छ । व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा नदिन र नलिन सर्वसाधारण प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । अन्यथा चन्दा ऐन २०३० को दफा १३ बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । कुनै व्यक्तिले स्वैच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैङ्क सिंहदरबारमा रहेको कोषको खाता न १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको छाँयाप्रति कार्यालयलाई उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

Translate »