कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु

जेठ ५,काठडमाडौं ।
कोरोना संक्रमणका कारण गएरातिदेखि अहिलेसम्ममा बाँके, बुटवल र झापामा, मोरङ गरी थप ३२ जनाको मृत्यु भएको छ। बाँकेमा कोरोना संक्रमणबाट एकैरातमा थप १७ जनाको मृत्यु भएको छ। गएरातिदेखि विहानसम्म बाँकेका विभिन्न अस्पतालमा थप १७ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए। मृत्यु हुनेमा २७ देखि ८४ वर्ष सम्मका ९ पुरुष र ८ महिला छन्। यसैगरी बुटवलमा कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको हो। चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो।यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको पोखरेलले जानकारी दिए। भद्रपुरका तीनसहित झापामा थप पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन्। सदरमुकाम भद्रपुरमा एकै दिन तीन जना सङ्क्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

कोरोनाबाट भद्रपुर नगरपालिका–१ मन ८४ वर्षीय वृद्ध पुरुष, २ का ३८ वर्षीय पुरुष, ६ नम्बर वडाका ५८ वर्षीय संक्रमित पुरुषको मेचीकोभिड उपचार केन्द्रमा आज बिहान मृत्यु भएको हो। त्यसैगरी कोरोना सङ्क्रमणबाट दमकका पूर्व जनप्रतिनिधिको मृत्यु भएको छ। दमक नगरपालिका ५ कापूर्व वडाध्यक्ष मोतीइ ङनामको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए। त्यस्तै,मोरङका विभिन्न अस्पतालमा उपचारत थप पाँच संक्रमितको मृत्यु भएको छ। मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई–दुई जना संक्रमितको मृत्यु हो। मृत्यु हुनेमा एक महिलासहित चार पुरुषको मृत्यु भउको हो। नोबेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुषको निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जनाकारी दिए। यस्तै झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय वृद्ध पुरुषको पनि निधन भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई संक्रमितको मृत्यु भएको छ। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार विराटनगर महानगरपालिका–८ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषकोको ज्यान गएको हो। यस्तै विराट शिक्षण अस्पतालमा विराटनगर–३ की ७० वर्षीया वृद्धा महिलाको ज्यान गएको अस्पतालका इन्चार्ज सुनील देवले जानकारी दिए।(थाहा खबर)

Translate »