कर्णाली राजमार्ग दैलेख खण्डको सियालामा जीप दुर्घटना, दुई जनाको मृत्यु


स्काई न्यूज /जेठ ४, सुर्खेत ।
कर्णाली राजमार्गको दैलेख जिल्लाको सियालमा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, स्थित सियालामा दुर्घटनामा परी जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले मंगलबार बिहान साढे ६ बजे ब्रेक फेल भई जीपन कर्णाली राजमार्गबाट करिव ५ सय मिटर तल भिरमा खसेको जनाए । उनका अनुसार दुर्घटनामा घाइते यी दुई जनाको उद्दारकै क्रममा मृत्यु भएको र घटनाको प्रारम्भिक अनुसन्धान शुरु गरिएको छ । निषेधाज्ञाको बेला कुन प्रयोजनका लागि जीप सुर्खेत जाँदै गरेको भन्ने बारेमा जुम्लासँग समन्वय भएईरहेको उनको भनाइ छ ।

Translate »