नेपालमा महामारी केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने : स्वास्थ्य मन्त्रालय

जेठ ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने भएकाले सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईमा लागि पर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए ।

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस संक्रमणको कारण रहेको उल्लेख गरे । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको संक्रमण बढिरहेको बताए ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेका  छन् । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए ।

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए ।

मन्त्रालयको अनुसार मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी संक्रमणको उच्च जोखिम रहेको जानकारी दिएको छ । सोमवार मात्र नेपालमा नौ हजार २४७ जना संक्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भइ घर फर्किएका छन् । (रासस)

Translate »