कर्णालीमा एक करोड राशीको ‘पत्रकार कल्याण कोष’

स्काई न्यूज /जेठ ३, सुर्खेत ।
कर्णालीका पत्रकारको हक, हितसँगै आपत–विपद्मा परेका पत्रकारको सहयोगार्था एक करोड राशीको पत्रकार कल्याण कोष स्थापना गर्न लागिएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सोमबार बसेको बैठकले कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्न लागेको हो । महासंघले कोष स्थापनामा सहयोग गर्न उद्योग, व्यवसायीसँगै तीन तहका सरकारसँग अपिल गरेको छ । प्रदेश अध्यक्ष देवीराम देवकोटाले कोषबाट तत्कालीन रुपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्दारमा सहयोग गरिनुका साथै दीर्घकालमा विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिने बताए । उनले प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरु दिनहुँ कोरोना संक्रमित हुने संख्या बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरुलाई कोरोना विरुद्धको फ्रन्टलाइनर घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाकाा लगि उचित प्रबन्ध गर्न बैठकले राज्यको ध्यानाकर्षण गराएको जनाए । उनका अनुसार बैठकले पत्रकारलाई आपतकालिन उद्दार तथा उपचारमा सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोकेको छ । बैठकमा महासंघ मुगु शाखाका पूर्व अध्यक्ष सुमन मल्लको गत बैशाख २९ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको उनले बताए ।

Translate »