मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न पदमा आवेदन खुल्यो

जेठ ३,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले विभिन्न पदका लागि आवेदन खुलाएको छ। यस विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट–पीएचडी गरेका २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको विश्वविद्यालयले जनाएको छ। यस्तै, विश्वविद्यालय नेतृत्वले उनीहरुलाई समेटेर (एमयू प्रागिक आश्रम) निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको समेत जानकारी गराएको छ।

Translate »