कर्णालीका नवनियुक्त २ मन्त्रीद्वारा सपथ ग्रहण

स्काई न्यूज/  जेठ ३, सुर्खेत
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा कर्णालीका दुई जना नयाँ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज एक समारोहका वीच आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्तिथि रहेको थियो । नवनियुक्त मन्त्रीद्वय नेकपा माओवादी (केन्द्र) का सांसद हुन् ।

Translate »