कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप ११ जनाको मृत्यु

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका अस्पतालमा थप ११ जनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना गरी ११ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । मृत्यु हुुनेहरुमा तुलसीपुर उपमहानगरपालिका–१ दाङका ४८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ६७ वर्षीया महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षीय पुरुष हुन् । यस्तै गरी ठाकुर बाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगन्ज ६ की ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । भिमदत्त–३ कंचनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १ सय ९२ जना र जिल्लाकै २ सय ४० जनाको मृत्यु भइसकेको छ ।(रेडियो नेपाल)

Translate »