आज मदन-आश्रित स्मृति दिवस

आज मदन—आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएको थियो । यसै सन्दर्भमा जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका अतुलनीय रहेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्रीले नेपाली समाजको ऐतिहासिक विकासक्रम र विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षा गरी मदन भण्डारीले जनताको बहुदलीय जनवाद ९जबज० को प्रतिपादन गर्नुभएको स्मरण गर्नु भएको छ । जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मार्गदर्शन गरिरहेको पनि उल्लेख गरे ।(नेपाल टेलिभिजन)

 

Translate »