कोरोना विरामी भर्ना लिन प्रदेश अस्पतालविरुद्ध मुद्धा दायर

स्काई न्यूज / जेठ २, सुर्खेत ।
सुर्खेत स्थित प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै कोरोना संक्रमित विरामी भर्ना नलिने निर्णण विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्धा परेको छ । अधिवक्ता गणेशबहादुर वलीले आइतबार कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न नसकेको आरोप लगाउँदै अक्सिजन अभावमा कोरोना संक्रमित विरामी भर्ना नलिने निर्णय विरुद्ध प्रदेश अस्पतालसँगै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा मुद्धा दायर गरेका हुन् । कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गर्दै नागरिकप्रति गैरजिम्मेवार बनेकाले मुद्धा दायर गरिएको अधिवक्ता वलीले बताए । उनले दायर भएको मुद्धामा प्रदेश अस्पताल सुर्खेतले शुक्रबार विरामीको चाप बढेपछि थप विरामी भर्ना नलिने सूचना जारी गर्नुले संविधान विपरित नागरिकको स्वास्थ्य माथि खेलबाड भएको उल्लेख गरे ।

 

Translate »