जुम्लामा जडीबुटीबाट ३२ लाख राजश्व सङ्कलन

सागर परियार/ जुम्ला ।
डिभिजन वन कार्यालय जुम्लाले ३१ लख राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा जडीबुटी निर्यात लगायत अन्यबाट करिब ३१ लाख राजश्व सङ्कलन गरेको हो । जडीबुटी सङ्कलन तथा निर्यातका लागि सिफारिस बापत २१ लाख २८ हजार ९ सय रुपैयाँ र घर कर्जा बापत उपभोक्ताबाट १० लाख २८ हजार गरी जम्मा ३२ लाख ५८ हजार ९ सय राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले बताए । उनले भने,“विगतको भन्दा राजश्व सङ्कलन वृद्धि भएको छ । भने जडीबुटी चोरी निकासी हुने क्रम पनि रोकिएको छ । जडीबुटी संरक्षण तथा वन पैदावारको सुरक्षाका लागि समुदाय स्तरमै हातेमालो गरेका छौ ।” गत वर्ष घर कर्जाबाट १० लाख ७७ हजार ३ सय र जडीबुटीबाट १ लाख २६ हजार गरी करिब १२ लाख जति मात्रै राजश्व सङ्कलन भएको थियो । तर कोरोना कहरकै बीच पनि चालु आवको चैत मसान्त सम्म करिब ३२ लाख राजश्व सङ्कलन भएको प्रमुख खत्रीको भनाई छ ।

पछिल्लो जडीबुटी चोरी निकासी गर्नु हुँदैन भन्ने चेतना स्थानीय नागरिकका वृद्धि भए पनि वन सम्पादनको संरक्षणमा अझै चुनौती देखिएको प्रमुख खत्री बताए । उनले भने , “यस वर्ष समयमै पानी नपर्दा खडेरी लागेको डढेलोका कारण जुम्लाका करिब १ सय हेक्टर बढी वन क्षेत्रमा आगलागी भयो । तर वृक्षारोपण, वन संरक्षणमा नागरिकको चासो देखिदैन् ।” जिल्लाका ६ वटा इलाका वन कार्यालयको रिपोट अनुसार डढेलोबाट सबैभन्दा प्रभावित क्षेत्रमा करिब १६ हजार बढी सल्लाका बिरुवा रोप्ने लक्ष्य राखेको वन कार्यालयका प्रमुख दिनेशजंश खत्रीले जानकारी दिए ।अहिले कोभिडले असर गरे पनि अवस्था सामान्य भएपछि प्रभावित वन क्षेत्रमा बृक्षारोपण गरिने भएको छ । भने कोभिडकै त्रासले गर्दा यसपालि पातारासी, तातोपानी गुठिचौरका स्थानीय तहले जडीबुटी सङ्कलनको सिफारिस लिएका छैनन् । तर तातोपानी गाउँपालिका २ जर्मीगाउँका महिलाले भने छिनारा सामुदायिक वन तथा राष्ट्रिय वनको संरक्षणमा जुटेको पाइएको छ । विगतमा आगलागी हुँदा महिलाकै सक्रियतामा निभाउनेदेखि अहिले वन क्षेत्रको रेखदेख पनि नियमित भइरहेको तातोपानी २ जर्मीकी स्थानीय महिला बेलु चनाराले बताए । जुम्लामा रहेका साढे २ सय बढी सामुदायिक बनहरूले अझै सन्तोषजनक राजश्व सङ्कलन तथा वन संरक्षणको काम गर्न सकेका छैनन् ।

 

Translate »