बाँकेमा कोरोनाबाट थप ११ जनाको मृत्यु

जेठ १,नेपालगन्ज।
बाँकेमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा १ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज १९ का ३९ वर्षीय पुरुष, मधुवन १ बर्दियाका ४० वर्षीय पुरुष र बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ २ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर ९ बाँकेका ६१ वर्षीय पुरुष, नेपालगन्ज ७ का ४४ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यसै गरी सैनिक अस्पताल नेपालगन्जमा मोतीपुर ८ सुर्खेतकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका २३० जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १७७ जनाको मृत्यु भएको छ ।

Translate »