एमाले विवाद अन्त्यका लागि कार्यदल गठन

काठमाडौं– एमाले विवाद अन्त्यका लागि कार्यदल गठन भएको छ ।

९ सदस्यीय कार्यदलमा संस्थापनबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ सदस्य रहनुभएको छ ।

नेपाल–खनाल समूहबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहनुभएको छ । दुई सदस्य पछि थप हुनेछ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार चार घण्टा भएको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो । (नेपाल टेलिभिजन)

Translate »