वर्ल्डलिंकका सञ्चालक जलानको कोरोना संक्रमणबाट मृत्यु

वैशाख ३०, काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उनको उपचारका क्रममा बिहीवार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।४७ वर्षिय जलान कोरोना संक्रमण देखिएपछि गत वैशाख १८ गते अस्पताल भर्ना भएका थिए ।

पछिल्लो समय उनको स्वास्थ्यमा केहि सुधारहरु देखिएको बताइए पनि बुधवार बेलुका भेन्टिलेटरबाट बाहिर निकालिए पछि उनको अवस्था अवस्था असहज भएको र त्यसलगत्तै भेन्टिलेटरमा सारिएको थियो ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्समेत रहेका उनका श्रीमति सहित एक छोरा छन् ।(आर्थिक अभियान)

Translate »