कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु

वैशाख ३०, काठमाडौं । बिहीवार देशभरमा ८ हजार ८४२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कारोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार ८४२ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१४ जना रहेको छ ।

Translate »