भोजपुरी फिल्म ‘प्रेमगीत २’मा गीत बनिन् शिल्पा

नेपाली चलचित्रका केही कलाकारले भोजपुरी बजारमा आफूलाई स्थापित गर्न कोशिश गरिरहेका छन् । नायक विराज भट्टले भोजपुरी चलचित्र बजारमा राम्रो स्थान बनाएपनि अरु कलाकार फाट्टफुट्ट रुपमा मात्र देखिए । नायिका शिल्पा पोखरेल पनि भोजपुरी चलचित्रमा स्थान बनाउन कोशिश गरिरहेकी छिन् । उनले यसअघि चलचित्र ‘जय शम्भु’मा काम गरिसकेकी छिन् । उनै, शिल्पाले अभिनय गरेको भोजपुरी चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा शिल्पा भोजपुरी नायक प्रदिप पाण्डेसँग रोमान्टिक मुडमा देखिएकी छिन् । चलचित्रको ट्रेलरम शिल्पा र प्रदिप विचको प्रेमलाई चित्रित गरिएको छ । यो चलचित्रलाई लिएर शिल्पा पनि आशावादी छिन् । यो चलचित्रलाई सोनु खत्रीले निर्देशन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।(अनलाइन खबर)

 

 

Translate »