माधब नेपालसहित चार नेताको कार्वाही फुकुवा

काठमाण्डौ । नेकपा एमालेले नेता माधबकुमार नेपालसहित चार जना नेताहरुलाई कार्वाही स्वरुप गरिएको निलम्बन आज फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा एमाले स्थायी समिति बैठकले नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई यसअघि गरिएको छ महिना निलम्बनको कार्वाही फुकुवा गरेको पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीलाई एक बनाउन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्वाही फुकुवा गर्न राख्नुभएको प्रस्ताव बैठकले अनुमोदन गरेको हो । नेता नेपाल समूहले पार्टीमा समानान्तर गतिबिधि गर्दै आएपछि एमालेले चार जना नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको थियो भने अन्य नेताहरुलाई स्पष्टीकरण सोधेको थियो । आज बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्नुअघि अर्थमन्त्री विष्णु पौडेल नेता नेपालको निवास पुगेर छलफल गर्नुभएको थियो । (रेडियो नेपाल)

Translate »