बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

यो संगै कोरोनाबाट बाँकेमा २१४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १६३ जनाको मृत्यु भएको छ ।

बैशाख ३०,नेपालगन्ज।
बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १ बाँकेकी ४३ वर्षीया महिला, राजापुर ६ बर्दियाकी ५६ वर्षीया महिला र गुलरिया ८ बर्दियाकी ३२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यसैगरी नेपालगन्ज १२ की २९ वर्षीया महिलाको भेरी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको छ । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर ६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ ६ बाँकेका ६४ वर्षीय पुरुष र तुलसीपुर बाँकेकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा उपचाररत डुडुवा ३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर ५ बाँकेका ४२ वर्षीय पुरुष र नेपालगन्ज १२ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट बाँकेमा २१४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १६३ जनाको मृत्यु भएको छ ।

Translate »