कोरोनाबाट बाँकेमा थप ९ जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ की ४७ बर्षीया महिला, बनगाड कुपिण्डे ६ सल्यानका ५० बर्षीय पुरुष, नेपालगञ्ज १६ बाँकेकी ४९ बर्षीया महिला, नेपालगञ्ज ५ बाँकेका ४४ बर्षीय पुरुष, मधुवन ६ बर्दियाका ५५ वर्षीय पुरुष र बढैयाताल बर्दियाका ६५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत घोडाघोडी नगरपालिका १ कैलालीका ६० बर्षीय पुरुष, कोहलपुर २ बाँकेकी ३० बर्षीया महिला र कोहलपुर १० बाँकेकी ४५ बर्षीया महिलाको मृत्यु भएको छ ।

Translate »