बाँकेमा एकैदिन १८ जना संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष र बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।(अनलाईन खबर)

 

Translate »