१७ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

वैशाख २६, बर्दिया। बर्दिया जिल्लाको राजापुर नगरपालिका- ४ स्थित सतीघाट पुलबाट आइतवार शसस्त्र प्रहरीको टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका १ बस्ने २९ वर्षिय गोपाल चौधरी रहेका छन् ।

सुपप्र ०१–००८ प ४१४५ नम्बरको मोटरसाईकलमा सवार निज चौधरीलाई सशस्त्र प्रहरी बल(एपीएफ) नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त परिमाणको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो  ।

एपीएफ टोलीले त्यसवेला निज चौधरीले प्रयोग गरेको मोटरसाईकलसमेत बरामद गरेको छ ।

Translate »