दैलेखमा कोरोनाबाट हालसम्म ११ जनाको मृत्यु

३ सय ५५ जना सक्रिय संक्रमित

बैशाख २५,दैलेख ।
दैलेखमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । पछिल्लो पटक वैशाख २३ गते ९बिहीबार० साँझ नारायण नगरपालिका ८ का ५२ वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । दैलेखमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ३७ पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार यो वर्ष ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ३७ पुगेको हो । यो वर्ष २ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ९५ जना र २ हजार ७ सय ३७ जनाको एन्टिजेन परिक्षण गर्दा २ सय ४८ जना गरी ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए । दैलेखका १ हजार ५ सय ७१ जनाले कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । हाल जिल्लामा ३ सय ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार हाल दैलेख अस्पतालको आइसोलेसनमा २७ जनाको उपचार भइरहेको छ भने ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन् ।

Translate »