कोरोना संक्रमित महिलाले जन्माईन स्वस्थ बच्चा

 बैशाख २२,कोहलपुर । कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी रुकुमकी ३२ वर्षिय महिलाले बुधबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार ति महिलालाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना भएकी महिलाको पिसीआर परिक्षण गरीएको थियो । संक्रमण पुष्टि भएर कोरोनाको उपचार चलिरहेकै अवस्थामा बुधबार बिहान ३:१३ बजे ति महिलाले २.७ किलोको स्वस्थ बच्चालाई जन्म दिएकी हुन । यो उनको तेस्रो बच्चा हो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको कनोडियोले जानकारी दिए ।(काँचुली खबर)

Translate »