प्युठानमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

बैशाख २२,प्युठान ।
गएराति प्युठान नगरपालिका–८, पाडाबाङमा डबल क्याप पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृृृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन । खाद्यान्न पुर्‍याएर नौबहिनि गाउँपालिकाको बाहाने बजारबाट प्युठान नगरपालिकाको बाग्दुलातर्फ फर्कँदै गरेको लु १ च ६७८१ नम्बरको उक्त पिकअप मङगलबार राति दुर्घटनामा परेको थियो । पिकअप दुर्घटनामा परी पिकअपमा सवार ३ जना मध्य प्युठान नगरपलिका – ८ बाग्दुला बस्ने २१ बर्षीय समर कुँबरको घटना स्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए। गैरेका अनुसार घाइते हुनेमा दुर्घटनाग्रस्त पिकअप जिपका चालक गौमुखी गाउँपालिका –४, पुजाका २३ बर्षिया लोकेन्द्र के.सी.र गौमुखी गाउँपालिका– १ ,अर्खाका १७ बर्षीय कृष्ण सुनार छन । घाइतेहरुको उपचार जिल्ला अस्पताल बिजुवार प्युठानमा भइरहेको छ । जिप सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन घटनाबारे आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (नेपाल टेलिभिजन)

Translate »