कर्णालीका नौ जिल्लामा निषेधाज्ञा


स्काई न्यूज /बैशाख २२, सुर्खेत ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि कर्णाली प्रदेशका नौ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमणदर उच्च भएपछि प्रदेश राजधानी सुर्खेतसहित दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, सल्यान, रुकुमपश्चिम र होल्पामा निषेधाज्ञा जारी गरिएको हो । तर, प्रदेशको कालिकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ भने आजै राती १२ बजेदेखि जुम्लामा निषेधाज्ञा जारी छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले हिजो बसेको कोभिड–१९, संकट व्यवस्थापन समितिको बैठकले आठ वटै स्थानीय तहमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताए । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २ सय ७० जनामा कोरोना पुष्टी भएको छ भने ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

Translate »