नेपालमा कोरोनाबाट थप ५५ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १ सय ३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् । सोही अवधिमा १७७५ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३४१७ रहेको छ ।

नेपालमा अहिलेसम्म ८२ प्रतिशत निको भएका छन् । गत २४ घण्टामा काठमाडौंमा २७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ गरी उपत्यकामा ३८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Translate »