फुटको संघारमा जसपा, महन्थ ठाकुर र राजेन्द्र महतोले थाले उपेन्द्र यादव र बाबुराम भट्टराईविरुद्ध मोर्चाबन्दी

बैशाख २१,काठमाडौं ।
खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको जानकारी जसपाका एक नेताले दिएका हुन्। जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ। त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका जसपाका नेताहरूले बताएका छन्। यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरूको हस्ताक्षर संकलन गरिसकेको छ। यसैगरी, जसपाका ३४ जना सांसदहरूमध्ये दुईजना निलम्बनमा परेपछि अहिले ३२ सांसद छन्। प्रधानमन्त्री ओलीको समर्थन र विरोधको विषयलाई लिएर जसपाभित्र दुई धार देखिएको छ। ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकि जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर संकलन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा गरिएको ठाकुर र महतो पक्षले हस्ताक्षर संकलन गरेको हो। यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा रहेका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन्। यससँगै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नयाँ सरकार गठनमा विपक्षी दलहरूबीचको सत्ता साझेदारी गर्ने भन्ने विषयमा जसपा विभाजन उन्मुख भएको छ। (नेपाली पब्लिक)

Translate »